PahiloPost

May 16, 2026 | २ जेठ २०८३

मालीगाउँको ‘वान ट्री’बाट हिमाल हेर्दा...

मालीगाउँको ‘वान ट्री’बाट हिमाल हेर्दा...

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुरको जगातीबाट करिब ७ किलोमिटर टाढा छ मालीगाउँ। तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा पछिल्लो समय धेरै संख्यामा आन्तिरक पर्यटक पुग्ने गरेका छन्।

शहरको कोलाहलबाट टाढा शान्त र रमणीय क्षेत्र युवा पुस्तामाझ हाइकिङ गर्ने थलोका रुपमा समेत विकास हुँदै गएको छ। अहिले भने मालीगाउँमा हिमाल हेर्न मनपराउनेहरुको गन्तव्य बनेको छ। मौसम खुलेको समयमा यहाँबाट धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको हिमालहरु देख्न सकिन्छ।

मालीगाउँमा रहेको  पिपलको रुख ‘वान/ सिंगल ट्री’ पुगरे हिम श्रृंखला हेर्न र सेल्फी खिच्न अहिले दिनहुँजसो युवायुवती पुगिरहेका भेटिन्छन्।

डोलेश्वर महादेवसम्म पक्की बाटो हुँदै त्यहाँबाट कच्ची बाटो भएर पुग्न सकिने मालीगाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँका स्थानीय लागिरहेका छन्। आन्तरिक पर्यटकलाई आकर्षित गर्न यहाँबाट होटल, रेष्टुराँहरु समेत संचालन भइरहेका छन्। वान ट्रीसम्म नै पक्की बाटो बने थप पर्यटक आउने स्थानीयको विश्वास छ।



ट्रेन्डिङ पोस्ट

Ncell