PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुंगमतीमा ३ महिना बसेर पाटनको त: बहा: फर्किए रातो मछिन्द्रनाथ

बुंगमतीमा ३ महिना बसेर पाटनको त: बहा: फर्किए रातो मछिन्द्रनाथ

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो। 

यो वर्ष कोरोना संक्रमणका कारण रातो मछिन्द्रनाथलाई बुंगमती लग्न ढिला भएको थियो। लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै भदौ २९ गते रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।

बैशाखमा नै हुनुपर्ने रथयात्रा कोरोना संक्रमणका कारण रोकिएको थियो। ६ महिनासम्म जात्रा  सुरु नहुँदा अन्यौलता बीच केही स्थानीयले पुल्चोकबाट रथ तानेका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। त्यसपछि रथयात्रासँग सरोकालवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए।

यसपटक रातो मछिन्द्रनाथलाई बुंगमतीमा करिब ३ महिनामात्रै राखेर नियम अनुसार फेरि पाटनको मछिन्द्रबहालमा रहेको मन्दिरमा बिराजमान गराइएको छ।

पढ्नुस : नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो



ट्रेन्डिङ पोस्ट

Ncell