PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

टीका त लगाउनै पर्‍यो: कोही हिँड्दै कोही गाडीमा

टीका त लगाउनै पर्‍यो: कोही हिँड्दै कोही गाडीमा

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : आज विजयादशमीको अवसरमा मान्यजनबाट टीका लगाउने क्रम जारी छ। बिहानै देखि मानिसहरु नवदुर्गाको प्रसादका रुपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन मान्यजन र आफन्तका पुगिरहेका छन्। तर, कोरोना भाइरस संक्रमणका कारण विगत वर्षहरुमा झै यसपटक आफन्त र ठूलाबडा कहाँ जाने क्रम घटेको छ। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाडलाई धेरैले यसपटक परिवारमा नै सीमित गरेका छन्।  

संक्रमणबीच चाड रोक्ने कुरा पनि भएन। त्यसैले मानिसहरु नजिकैका आफन्त र साथी भाइ कहाँ पुगेर टीका लगाइरहेका छन्। मास्क लगाएर टीका लगाउन हिँड्नेहरु सडकमा देखिन्छन्। संक्रमणका कारण सार्वजनिक यातायात भन्दै आफ्नै सवारीसाधनमा यात्रा गर्नेहरु बढी छन्। कोही भने हिँडेरै गन्तव्यमा पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell