PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भयको राजले सुनसान बनाएको बसपार्क : दशैंको मुखमा यसअघि नदेखिएको दृष्य

भयको राजले सुनसान बनाएको बसपार्क : दशैंको मुखमा यसअघि नदेखिएको दृष्य

अमित मचामसी/पहिलोपोस्ट


जुन दृष्य हामी सामुन्ने छ, दशैंका मुखमा कल्पनाभन्दा बाहिरको थियो। मानिसहरुको आवतजावत सबैभन्दा बढी हुने समय हुन्थ्यो, सबै ठीक थियो भने।

यतिखेर संसारलाई सञ्चो छैन। अनि यस्तो हालतमा नेपाल किन फरक हुन्थ्यो? दशैं मनाउन घर जानेहरुलाई यतिखेर सबैभन्दा टन्टा हुन्थ्यो गाडीको। तर यसपाला ठीक उल्टो छ।

यसपाला गाडीवालाहरु टन्टामा छन्। यात्रु छैनन्, सिट भरिन कठिन छ। मानिसको गतिविधि न्युन हुँदै गएपछि हवाई जहाज चढ्नेहरुलाई चिठ्ठा परिरहेको छ। कतिपय सेक्टरको हवाई भाडा बसकै हाराहारीमा उपलब्ध हुन थालेको छ।

यसले पनि यी दृष्यहरुलाई पुष्टि गर्छ।

सरकारले भनेको छ - दशैंमा घर नजाउ। कारण हो कोरोना भाइरस। काठमाडौंमा संक्रमण उत्पात भइसकेको छ। काठमाडौंमा कोभिड १९ समुदायस्तरमा फैलियो भनेर औपचारिकता दिनमात्र बाँकी छ।

हरेक दिन आउने संक्रमितको आँकडामा काठमाडौंले आधाजति कब्जा गर्न थालिसकेको छ। यस्तोमा घर जानेहरु पनि डरमा छन्, यहाँ बस्नेहरु पनि डरमै। त्यसैको प्रतिफल हो बसपार्क त छ तर त्यसमा आत्मा नभए झै प्रतित हुन्छ। बसलाई पूर्ण क्षमतामा चलाउन सरकारले अनुमति दिएको छ तर बसपार्कको यो सुनसान हालतले भयको राज वयान गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell