PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपत्यकामा अझै छैन अनलाइनमा सबै विद्यार्थीहरुको पहुँच, तिनैलाई लक्षित गर्दै खुल्न थाले विद्यालय

उपत्यकामा अझै छैन अनलाइनमा सबै विद्यार्थीहरुको पहुँच, तिनैलाई लक्षित गर्दै खुल्न थाले विद्यालय

अमित मचामसी/पहिलोपोस्ट


९ महिना भइसक्यो कोरोना भाइरसका कारण देशभरका विद्यालयहरुमा पठनपाठन ठप्प भएको। पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय संचालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत संचालन भइरहेका छन्। तर पूर्ण रुपमा विद्यालय संचालन गर्ने वातावरण अझै बनेको छैन।

काठमाडौं उपत्यका संक्रमण उच्च रहेकाले यहाँ विद्यालय अहिलेकै परिस्थितिमा संचालन गर्न चुनौती छ। अधिकांश विद्यालयहरुले अनलाइन कक्षा मार्फत विद्यार्थीहरुलाई पढाइरहेका छन्। तर, अहिलेसम्म भौतिक उपस्थितिमा नै केही क्षेत्रमा भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै पढाइ सुरु भइरहेको छ।

सरकारले विद्यालय संचालन गर्न दिने अधिकार स्थानीय तहलाई दिएको छ। काठमाडौं उपत्यकाकाका अधिकांश स्थानीय तहले अहिले नै विद्यालय संचालन गर्ने अवस्थामा छैन। यद्यपि, केही स्थानीय तहमा भौतिक उपस्थितिमा नै पढाइ भने भइरहेको छ।

ललितपुर महानगरले पनि काठमाडौं उपत्यका नगर फोरममा छलफल गरेर विद्यालय खोल्ने विषयमा तयारी गरिरहेको छ। यता महानगरभित्रै केही विद्यालय भने पहिलै संचालन भइरहेका छन्।

ललितपुर खोकनामा यसअघि रुद्रायणी माध्यामिक विद्यालयमा भौतिक उपस्थितिमा नै पढाइ सुरु गरिएको थियो। तिहारपछि भने खोकनामै श्री युवा प्रतिभा विद्या मन्दिरले विद्यार्थीहरुलाई पढाउन सुरु गरेको छ।

संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कतालाई प्राथमिकतामा राख्दै कक्षाहरु संचालन भइरहेको विद्यालय प्रशासनले जनाएको छ।

अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नभएकाले अहिले भने उनीहरुलाई नै लक्षित गरेर दिनको दुई सिफ्ट गरेर पढाउन सुरु गरिएको विद्यालयका प्रिन्सिपल यज्ञराज दाहाले बताए।

विद्यार्थीहरुलाई लाई कोरोनबाट बचाएर पढाउन फेस मास्क, फेस सिल्ड लगाउने व्यवस्था गरेको छ। यस्तै स्यानिटाइजर र साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको छ।

हरेक दिनको पढाइ सुरु हुनु अघि बिहानै कक्षा कोठा र बेञ्चहरु स्थानिटाइज गर्ने व्यवस्था गरिएको दाहालले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell