काठमाडौं : बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माग गरिएको हो।
उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्। केही दिनअघि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन पनि भइरहेका छन्।