PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

धुलोको कुइरीमण्डलमा काठमाडौं, मालीगाउँबाट देखियो यस्तो दृश्य

धुलोको कुइरीमण्डलमा काठमाडौं, मालीगाउँबाट देखियो यस्तो दृश्य

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : दशैंताका काठमाडौंको वातावरण सफा हुने गर्थ्यो। कारण – चाड मनाउन उपत्यका छाड्नेहरूका कारण चाप कम हुनु। सवारी साधन कम गुड्नु। तर, यस वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण अवस्था उस्तै रहेन।

पछिल्ला वर्षहरूको तुलनामा निकै कम मानिसले काठमाडौं छाडे। जसका कारण उपत्यकाको सडकमा सवारी चाप पनि खासै कम भएन। यहींका सडक निर्माण र मेलम्चीको पाइप बिच्छ्याउने कार्यका कारण धुलाम्य बनेको छ काठमाडौं।  

भक्तपुरको मालीगाउँ डाँडाबाट माथि हिमाल तर काठमाडौं उपत्यकाको दृश्य रोचक देखिन्छ। शुक्रवार भने सोही ठाउँबाट देखियो धुलोको कुइरीमण्डलमा लुकेको काठमाडौंलाई। यस्ता छन् दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell