PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • प्रहरीले रोक्यो नेविसंघको 'मलामी' प्रदर्शन, ओलीले संविधानको हत्या गरेको भन्दै नाराबाजी

    प्रहरीले रोक्यो नेविसंघको 'मलामी' प्रदर्शन, ओलीले संविधानको हत्या गरेको भन्दै नाराबाजी

    काठमाडौं : नेपाल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिनिधिसभा विघटन गरेर हत्याले संविधानको हत्या गरेको भन्दै उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए। त्यसक्रममा मध्यवानेश्वरमा भेला भएका केही कार्यकर्ताले कपाल समेत खौराएका थिए। विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले नेविसंघ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • कुन धाराबाट प्रतिनिधिसभा विघटन भयो? म्याग्निफाइङ ग्लासबाट संविधान पढ्दै खोजे युवाले

    कुन धाराबाट प्रतिनिधिसभा विघटन भयो? म्याग्निफाइङ ग्लासबाट संविधान पढ्दै खोजे युवाले

    काठमाडौं : युवाहरुले आज संविधान पढेर प्रतिनिधिसभा विघटन गरिएको धारा खोजेका छन्। सरकारले हुँदै नभएको प्रावधानबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै युवाहरुले म्यागनिफाइङ ग्लासको प्रयोग गरेर संविधान पढेका हुन्। सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गराएको भन्दै नेपाल कांग्रेस युवा प्रचार नेटवर्कले विरोध प्रदर्शन गरेका छन्। कालो पट्टी बाँधेर माइतीघरको सडकमा बसेर उनीहरुले संविधानका धाराहरु वाचन गरेका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • हानिकारक कुहिरो हटेपछि खुल्यो आकाश, देखिन थाले हिमश्रृंखला

    हानिकारक कुहिरो हटेपछि खुल्यो आकाश, देखिन थाले हिमश्रृंखला

    काठमाडौँ :  गत सोमबार काठमाडौँको प्रदूषणले खतराको तह पार गर्‍यो। एक्युआइआरमा उल्लेख भए अनुसार सोमबार काठमाडौँको वायुको गुणस्तर ४८७ थियो। धुवाँजस्तो पातलो कुहिरो काठमाडौँवासीका लागि निकै खतरनाक बनेपछि । सरकारले नै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको घोषणा गर्‍यो र सतर्कता अपनाउन आग्रह गर्‍यो। खासगरि बिहान र बेलुकीको समयमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै सो समयमा बाहिर निस्किँदा सावधानी अपनाउन भनिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा वायु प्रदूषण बढेपछि अक्सिजन खोज्दै युवाहरु पुगे माइतीघर

    उपत्यकामा वायु प्रदूषण बढेपछि अक्सिजन खोज्दै युवाहरु पुगे माइतीघर

    काठमाडौं : काठमाडौं उपत्यकाको वायु सबैभन्दा प्रदूषित भएपछि 'जनस्वास्थ्य संकटकाल' घोषणा माग गर्न माइतीघरमा प्रदर्शन गरिएको छ। 'अक्सिजन हाम्रो जन्मसिद्ध अधिकार हो' भन्दै अरिन नेपालको आयोजनामा युवाहरुले प्रदर्शन गरेका हुन्। सोमबार र मंगलबार काठमाडौं उपत्यकाको वायुको गुणस्तरले खतराको लेभल पार गरेको थियो। बुधवार घाम लागेपछि भने वायु प्रदूषण केही मात्रामा घटेको छ।

    विस्तृतमा पढ्नुस्

  • दिउँसै लालटिन बालेर संविधानको धारा खोज्दै अखिलको जुलुस

    दिउँसै लालटिन बालेर संविधानको धारा खोज्दै अखिलको जुलुस

    काठमाडौं : विघटनका लागि संविधानको धारा खोज्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज राजधानीमा लालटिन जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले मध्य दिनमा लालटिन बालेर विरोध जनाएका हुन्।  उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका छन्। केही दिनअघिमात्रै प्रधानमन्त्री ओलीको कदमको…

    विस्तृतमा पढ्नुस्

  • कचौराजस्तो काठमाडौंलाई हेर्नुस् ढपक्कै ढाक्यो धुलोले

    कचौराजस्तो काठमाडौंलाई हेर्नुस् ढपक्कै ढाक्यो धुलोले

    काठमाडौं : कचौराको आकारमा रहेको काठमाडौं उपत्यकामा हिजोदेखि अप्रत्यासित रुपमा देखिएको तुवाँलो आज पनि बाक्लै छ। वरिपरि डाडा भएका कारण काठमाडौंको आकाशको तल्लो तहमा अडिएको धुलो सजिलै बाहिर जान नसक्दा अग्लो ठाउँबाट हेर्दा हिमाल देखिन्छ तर काठमाडौं भने देखिँदैन।  वायु प्रदुषणको यो अवस्थालाई लिएर वातावरण विभागले प्रेस विज्ञप्ति नै जारी गरेको छ। यसबाट  बालबालिका, बृद्ध, बृद्धा एवं दम, खोकी जस्ता…

    विस्तृतमा पढ्नुस्

  • कुहिरोले ढाकिएको काठमाडौं उपत्यका

    कुहिरोले ढाकिएको काठमाडौं उपत्यका

    काठमाडौं : मौसम बदली भएपछि आज काठमाडौं उपत्यकामा घाम लागेन। आज दिनघर कुहिरोले उपत्यका ढाकिएको थियो। घाम नलाग्दा चिसो बढेको महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने बताएको छ। पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधवारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर…

    विस्तृतमा पढ्नुस्

  • कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

    कुनै बेलाको व्यापारिक लाइफलाइन अहिले बन्यो मृत शहर

    सिन्धुपाल्चोकको लिपिङ कुनै बेला निकै व्यस्त हुन्थ्यो। चीन र नेपालको सीमामा रहेको यो क्षेत्र काठमाडौंको व्यापारिक हब थियो। दैनिक सयौं मानिस आउजाउ गर्थे यहाँ। होटल, रेष्टुराँहरु रातिसम्म खुल्थे। मालसामान बोकेका सवारीसाधन गुडिरहन्थे। रोजगार केन्द्र नै थियो कोदारी राजमार्गमा पर्ने बस्ती। तर २०७२ सालको भूकम्पले त्यो ठाउँलाई निर्जिव बनाइदियो भन्दा फरक नपर्ला। २०७२ सालको भूकम्पमा यहाँ ठूलो जनधनको क्षति भयो। सँगै…

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्र पुन: स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

     राजतन्त्र पुन: स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं : राजतन्त्र र हिन्दुराष्ट्र पुन: स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा प्रदर्शन गरिरहेको छ।  भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यका सहित अन्य जिल्लाबाट समेत राप्रपा कार्यकर्ता काठमाडौं आएका छन्। सभालाई पार्टी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। भक्तपुरको सल्लाघारी, ललितपुरको लगनखेलका साथै शहीदगेट, दरबारमार्ग, रत्नपार्क लगायतका क्षेत्रमा भेला हुँदै राप्रपा नेता तथा कार्यकर्ता भृकुटीमण्डप पुगिरहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • घरघरमा यसरी पाक्दै य: मरि, गीत गाउँदै साटासाट पनि

    घरघरमा यसरी पाक्दै य: मरि, गीत गाउँदै साटासाट पनि

    आज य:मरि पुन्ही। काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा य:मरि बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर य: मरि बनाउने गरिन्छ। पहिला जाडोको समयमा र नेवार समुदायभित्र शुभकार्य गर्ने बेलामा बन्ने य: मरि अहिले बाह्रै महिना बन्ने गरेको छ।  आजकै दिन ‘त्यःछिं त्यः’ गीत गाउँदै य: मरि साटासाट गर्ने समेत गरिन्छ। ‘वा पासा वा…

    विस्तृतमा पढ्नुस्

  • राजा माग्दै राप्रपाको प्रदर्शन, सरकार असफल भयो भन्दै सिडियोलाई बुझाइयो ज्ञापन पत्र

    राजा माग्दै राप्रपाको प्रदर्शन, सरकार असफल भयो भन्दै सिडियोलाई बुझाइयो ज्ञापन पत्र

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराज्य र राजसंस्थाको पुन: स्थापनाको माग राख्दै र्‍याली निकालेको छ। 'राजा आउ, देश बचाउ' भन्दै राप्रपा कार्यकताहरु माइतीघरबाट बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। त्यसक्रममा राप्रपा कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई ज्ञापन पत्र समेत बुझाएका थिए। पत्रमा हिन्दुराज्य र राजतन्त्र‍ पुन: स्थापनाको माग समेत…

    विस्तृतमा पढ्नुस्

  • 'चिसो भुइँमा उखु किसान लड्दै छन्, कोही भने सत्ता, कमिसन र राजा माग्दैछन्'

    'चिसो भुइँमा उखु किसान लड्दै छन्, कोही भने सत्ता, कमिसन र राजा माग्दैछन्'

    काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु, नवलपरासी लगायतका स्थानबाट आएका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्। सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्। आज माइतीघरमा उखु सहित भेला भएका किसानले भुक्तानी नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उखु…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी खारेजको माग गर्दै काठमाडौंमा २२ राजनीतिक संगठनको विरोध र्‍याली

    एमसीसी खारेजको माग गर्दै काठमाडौंमा २२ राजनीतिक संगठनको विरोध र्‍याली

    काठमाडौं : मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेजसहितको माग राख्दै २२ राजनीतिक संगठनले आज राजधानीमा विरोध र्‍याली निकालेको छ। नेकपा (मसाल), नेकपा क्रान्तिकारी (माओवादी), नेकपा माले लगायतका दलको आयोजनामा माइतीघरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • साना हात स्यानीटाइज, मुखमा मास्क : स्कुल खुल्न थालेपछि खुसी देखिए विद्यार्थी, १६ फोटो

    साना हात स्यानीटाइज, मुखमा मास्क : स्कुल खुल्न थालेपछि खुसी देखिए विद्यार्थी, १६ फोटो

    भक्तपुरका विद्यालयहरु खुल्न थालेका छन्। साना नानीहरु पनि मास्क लगाएर विद्यालय आइपुगेको देखिन्छन्। चिसो मौसममा न्यानो कपडाका साथ उनीहरुले मास्क पनि लगाएका थिए। बिहीवारबाट भक्तपुका विद्यालयहरु खुल्न थालेका हुन्। विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ। विद्यालय प्रवेशअघि ज्वरो नाप्ने, स्यानीटाइज लगाउने गर भौतिक दुरी कायम राखी बस्ने ब्यवस्थासमेत गरिएको आदर्श माविका प्रिन्सिपल श्रीकृष्ण किसीले बताए। साना विद्यार्थी पनि खुसी भएर…

    विस्तृतमा पढ्नुस्

  • चिनी उद्योगीले 'किसान होइन' भनेर आरोप लगाएपछि माइतीघरमा प्रमाण लिएर धर्नामा उखु किसान

    चिनी उद्योगीले 'किसान होइन' भनेर आरोप लगाएपछि माइतीघरमा प्रमाण लिएर धर्नामा उखु किसान

    काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्। आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिइरहेका छन्। किसान काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गर्ने किसान नभइ बिचौलिया भएको आरोप लगाएका थिए। सोमबार…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा नेपाली काँग्रेसको शक्ति प्रदर्शन

    भक्तपुरमा नेपाली काँग्रेसको शक्ति प्रदर्शन

    भक्तपुर :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरोधमा आजबाट देशभर प्रदर्शन शुरु गरेको छ। कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा सरकार असफल भएको, भ्रष्टचारलाई सरकारले संरक्षण गरेको, सुशासन नभएको लगायतका आरोप लगाउँदै काँग्रेस सडकमा ओर्लिएको हो। यसबीच भक्तपुरमा समेत नेपाली काँग्रसेले शक्ति प्रदर्शन गरेको छ। सिर्जनानगरबाट सुरु भएको र्‍याली सूर्यविनायक चोक पुगेर खबरदारी सभामा परिणत भएको थियो। विरोध कार्यक्रममा भौतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्‍त्री निवासबाहिर नारायणकाजी विरुद्ध प्रदर्शन, सचिवालयबाट राजीनामाको माग

    प्रधानमन्‍त्री निवासबाहिर नारायणकाजी विरुद्ध प्रदर्शन, सचिवालयबाट राजीनामाको माग

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन भएको छ। केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि प्रश्न उठदै आएको थियो। त्यसै विषयलाई आधार बनाएर स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोध गरेको हो। उक्त समूहले श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग समेेत गरेको छ। लामाको मृत्युको…

    विस्तृतमा पढ्नुस्

  • शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

    शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

    भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ। राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। कोरोना भाइरसका कारण मन्दिरहरुमा भिड रोक्नका लागि पहिलेदेखि नै पहल भइरहेकाले यसपाला श्रद्धालुहरुको भिड केही कम थियो। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :   

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा गुहेश्वरी जात्रा

    पशुपतिमा गुहेश्वरी जात्रा

    काठमाडौं : पशुपतिमा गुहेश्वरी जात्रा मनाइएको छ। हिजो हनुमानढोकाबाट तलेजु भवानीको स्वरुप गुहेश्वरी मातालाई खटमा राखेर गुहेश्वरी पीठमा बिराजमान गराइएको थियो। आज गुहेश्वरी मातालाई खट जात्रा गरेर पशुपति परिक्रमा गराइएको हो। खटलाई पुलबाट लग्न नहुने मान्यता भएकोले वाग्मती नदी तरेर गुहेश्वरीलाई नदी पार गराइएको थियो। त्यसपछि गुहेश्वरी मातालाई हनुमानढोका फिर्ता लगिएको थियो। यो जात्रा प्रताप मल्लको समयदेखि संचालनमा आएको मान्यता छ। 

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्रको माग गर्दै प्रदर्शन, छैन स्वास्थ्य मापदण्डको पालना

    राजतन्त्रको माग गर्दै प्रदर्शन, छैन स्वास्थ्य मापदण्डको पालना

    काठमाडौं : पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो। राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell