PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

हानिकारक कुहिरो हटेपछि खुल्यो आकाश, देखिन थाले हिमश्रृंखला

हानिकारक कुहिरो हटेपछि खुल्यो आकाश, देखिन थाले हिमश्रृंखला

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौँ :  गत सोमबार काठमाडौँको प्रदूषणले खतराको तह पार गर्‍यो। एक्युआइआरमा उल्लेख भए अनुसार सोमबार काठमाडौँको वायुको गुणस्तर ४८७ थियो। धुवाँजस्तो पातलो कुहिरो काठमाडौँवासीका लागि निकै खतरनाक बनेपछि । सरकारले नै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको घोषणा गर्‍यो र सतर्कता अपनाउन आग्रह गर्‍यो।

खासगरि बिहान र बेलुकीको समयमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै सो समयमा बाहिर निस्किँदा सावधानी अपनाउन भनिएको थियो।

दुई दिन मौसम प्रदूषित नै रह्यो। न घाम लाग्यो न पानी पर्‍यो। त्यसैले आउने दिनमा थप प्रदूषण बढ्न सक्ने अनुमान गरियो। तर, बुधवारबाट भने मौसममा सुधार हुँदै गएको छ। घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट हिमश्रृंखला देख्न सकिने भएको छ।

भक्तपुरको रानीकोटबाट शुक्रवार बेलुकी कैद भएको दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell