PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

राजा माग्दै राप्रपाको प्रदर्शन, सरकार असफल भयो भन्दै सिडियोलाई बुझाइयो ज्ञापन पत्र

राजा माग्दै राप्रपाको प्रदर्शन, सरकार असफल भयो भन्दै सिडियोलाई बुझाइयो ज्ञापन पत्र

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराज्य र राजसंस्थाको पुन: स्थापनाको माग राख्दै र्‍याली निकालेको छ।

'राजा आउ, देश बचाउ' भन्दै राप्रपा कार्यकताहरु माइतीघरबाट बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो।

त्यसक्रममा राप्रपा कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई ज्ञापन पत्र समेत बुझाएका थिए। पत्रमा हिन्दुराज्य र राजतन्त्र‍ पुन: स्थापनाको माग समेत गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell