PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

'चिसो भुइँमा उखु किसान लड्दै छन्, कोही भने सत्ता, कमिसन र राजा माग्दैछन्'

'चिसो भुइँमा उखु किसान लड्दै छन्, कोही भने सत्ता, कमिसन र राजा माग्दैछन्'

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु, नवलपरासी लगायतका स्थानबाट आएका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्।

सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्।

आज माइतीघरमा उखु सहित भेला भएका किसानले भुक्तानी नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उखु किसानको आन्दोलनमा एक्यबद्धता जनाउन मेन्स रुम रिलोडेडका सदस्यहरु समेत माइतीघर पुगेका थिए।

गतवर्ष पनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए। त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाए पनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्। त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell