PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रधानमन्‍त्री निवासबाहिर नारायणकाजी विरुद्ध प्रदर्शन, सचिवालयबाट राजीनामाको माग

प्रधानमन्‍त्री निवासबाहिर नारायणकाजी विरुद्ध प्रदर्शन, सचिवालयबाट राजीनामाको माग

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन भएको छ।

केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि प्रश्न उठदै आएको थियो।

त्यसै विषयलाई आधार बनाएर स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोध गरेको हो।

उक्त समूहले श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग समेेत गरेको छ। लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

नेकपाको आन्तरिक किचलोमा एक अर्का पक्षका नेताविरुद्ध यस्ता खालका अभियान केही समय यता जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell