PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राजतन्त्रको माग गर्दै प्रदर्शन, छैन स्वास्थ्य मापदण्डको पालना

राजतन्त्रको माग गर्दै प्रदर्शन, छैन स्वास्थ्य मापदण्डको पालना

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो।

राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए।

कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।



ट्रेन्डिङ पोस्ट

Ncell