PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कचौराजस्तो काठमाडौंलाई हेर्नुस् ढपक्कै ढाक्यो धुलोले

कचौराजस्तो काठमाडौंलाई हेर्नुस् ढपक्कै ढाक्यो धुलोले

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कचौराको आकारमा रहेको काठमाडौं उपत्यकामा हिजोदेखि अप्रत्यासित रुपमा देखिएको तुवाँलो आज पनि बाक्लै छ। वरिपरि डाडा भएका कारण काठमाडौंको आकाशको तल्लो तहमा अडिएको धुलो सजिलै बाहिर जान नसक्दा अग्लो ठाउँबाट हेर्दा हिमाल देखिन्छ तर काठमाडौं भने देखिँदैन। 

वायु प्रदुषणको यो अवस्थालाई लिएर वातावरण विभागले प्रेस विज्ञप्ति नै जारी गरेको छ। यसबाट  बालबालिका, बृद्ध, बृद्धा एवं दम, खोकी जस्ता स्वासप्रस्वास सम्बन्धि विरामी र मुटुक विरामीहरु बढी प्रभावित हुने भएकाले घर बाहिर ननिस्किन विभागले भनेको छ। विभागले वायु प्रदुषण झनै खराब समेत हुने सम्भावना रहेको जनाएको छ। 

चिकित्सकहरुले यो हावामा सास फेर्नु खराब हुनसक्ने चेतावनी दिएका छन्। उनीहरुको सल्लाह छ - मिलेसम्म बाहिरतिर ननिस्किनु। हेर्नुस् भक्तपुरको रानीकोटबाट देखिएको धुलोले ढपक्क काठमाडौं खाल्डोको हाल : 



ट्रेन्डिङ पोस्ट

Ncell