PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भक्तपुरमा नेपाली काँग्रेसको शक्ति प्रदर्शन

भक्तपुरमा नेपाली काँग्रेसको शक्ति प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरोधमा आजबाट देशभर प्रदर्शन शुरु गरेको छ। कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा सरकार असफल भएको, भ्रष्टचारलाई सरकारले संरक्षण गरेको, सुशासन नभएको लगायतका आरोप लगाउँदै काँग्रेस सडकमा ओर्लिएको हो।

यसबीच भक्तपुरमा समेत नेपाली काँग्रसेले शक्ति प्रदर्शन गरेको छ। सिर्जनानगरबाट सुरु भएको र्‍याली सूर्यविनायक चोक पुगेर खबरदारी सभामा परिणत भएको थियो। विरोध कार्यक्रममा भौतिक दूरी कायम राखिने र मास्क अनिवार्य गरिने भनिएपनि त्यो लागू भएको देखिएन।

 

विरोध सभामा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन माग समेत गरे। देशमा भएका समस्याको समाधान संसदबाटै खोज्नुपर्ने भन्दै उनले तत्काल संसद् बैठक बोलाउन माग गरे।



ट्रेन्डिङ पोस्ट

Ncell