PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

घरघरमा यसरी पाक्दै य: मरि, गीत गाउँदै साटासाट पनि

घरघरमा यसरी पाक्दै य: मरि, गीत गाउँदै साटासाट पनि

अमित मचामसी/पहिलोपोस्ट


आज य:मरि पुन्ही। काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा य:मरि बनाउने प्रचलन रहेको छ।

चामलको पिठोमा चाकु, खुवा राखेर य: मरि बनाउने गरिन्छ। पहिला जाडोको समयमा र नेवार समुदायभित्र शुभकार्य गर्ने बेलामा बन्ने य: मरि अहिले बाह्रै महिना बन्ने गरेको छ। 

आजकै दिन ‘त्यःछिं त्यः’ गीत गाउँदै य: मरि साटासाट गर्ने समेत गरिन्छ।

‘वा पासा वा वा सकलें वा

छेँखापतिं य:मरि फ्वं वनेवा

त्यःछिं त्यः बक छिं त्यः

लातापाता कुलिंचा जुस्सें त्यः’

गीत गाउँदै य: मरि माग्न जाने समेत गरिन्छ।

संस्कृतिविदहरु य:मरि बनाउनु भनको लक्ष्मी भित्राउनुको संज्ञा दिन्छन्। खेती गरेर आएको चामलको पहिलो पिठोबाट य:मरि बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो।

य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

हाल १२ महिना य:मरि बनाउन थालिए पनि य:मरिले शरीरलाई तातो बनाउने हुँदा यसको उपयोगिता चिसो महिनामा बढी हुनेगर्छ। आधुनिकीकरणसँगै व्यवसायिक बनेको य:मरिको माग अहिले बजारमा ह्वात्तै बढेको छ। पहिला घरघरमा पाक्ने य: मरि अहिले सबै महिना होटल रेष्टुराँमा पाइन्छ। सुपरमार्केटहरुमा फ्रोजन य: मरि समेत पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell