PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दिउँसै लालटिन बालेर संविधानको धारा खोज्दै अखिलको जुलुस

दिउँसै लालटिन बालेर संविधानको धारा खोज्दै अखिलको जुलुस

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : विघटनका लागि संविधानको धारा खोज्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज राजधानीमा लालटिन जुलुस निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले मध्य दिनमा लालटिन बालेर विरोध जनाएका हुन्। 

उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका छन्।

केही दिनअघिमात्रै प्रधानमन्त्री ओलीको कदमको पक्षमा अखिलको अर्को समूहले जुलुस निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell