PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

कुहिरोले ढाकिएको काठमाडौं उपत्यका

कुहिरोले ढाकिएको काठमाडौं उपत्यका

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : मौसम बदली भएपछि आज काठमाडौं उपत्यकामा घाम लागेन। आज दिनघर कुहिरोले उपत्यका ढाकिएको थियो।

घाम नलाग्दा चिसो बढेको महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने बताएको छ।

पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधवारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए।

उक्त प्रणाली बुधवारदेखि कमजोर हुँदै जाने बताइएको छ। काठमाडौंमा आज बिहान हल्का वर्षा भएको थियो। त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell