PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

'डियर मेयर, माटो र पानीसँग हाम्रो आत्मीयता छ, कमल पोखरी बचाउ'

'डियर मेयर, माटो र पानीसँग हाम्रो आत्मीयता छ, कमल पोखरी बचाउ'

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं :  कमल पोखरी निर्माणमा ऐतिहासिक, सांस्कृति र पर्यावरणीय वातावरणमा असर पर्ने गरी काम भएको भन्दै अभियन्ताहरुले काठमाडौं महानगरमा धर्ना दिएका छन्।

पुरातत्व विभागले कमल पोखरी निर्माणको क्रममा कंक्रिटको प्रयोग नगरी मौलिक शैलीमा निर्माण गर्न पत्र पठाएकै दिन पोखरीमा डोजर चलाएपछि अभियन्ता र स्थानीय आन्दोलित भएका हुन्।

मंगलबार दिउँसो महानगर कार्यालय बाहिर अभियन्ताहरुले धर्ना दिएका थिए। उनीहरुले कंक्रिटको संरचना निर्माण बन्द गर्न, कमल पोखरीको प्राकृतिक अवस्था नबिगार्न मेयर विद्यासुन्दर शाक्यलाई अनुरोध समेत गरे।

करिब १ घण्टा धर्ना पछि महानगर प्रमुख शाक्यलाई कमल पोखरी संरक्षण गर्न पत्र बुझाउने तयारी अभियन्ताहरुको थियो। तर शाक्य अनुपस्थित भएकाले उनको सचिवालयमा पत्र दर्ता गरिएको थियो।

सम्बन्धित समाचार : कमल पोखरीमा रानीपोखरीको इतिहास दोहोरियो, दोहन रोक्न मेयरलाई भन्छु : उपप्रमुख हरिप्रभा



ट्रेन्डिङ पोस्ट

Ncell