PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

तनावग्रस्त पनौतीमा कर्फ्यू आदेश जारी



पहिलोपोस्ट

तनावग्रस्त पनौतीमा कर्फ्यू आदेश जारी

काठमाडौँः टिपरले ठक्करबाट आमा-छोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू लागेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।

'अर्को सूचना जारी नभएसम्म निश्चित क्षेत्रमा कर्फ्यू लगाइएको छ' सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले भनिन्।

सोमबार साँझ पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनौती क्षेत्र तनावग्रस्त बनेको थियो। स्थानीय र प्रहरीबीच झडप हुँदा केही प्रहरी घाइते समेत भएका थिए।

सोमबार टिपरको ठक्करले खानीखोला गाउँपालिका १ की ३२ वर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीय छोरीको मृत्यु भएको थियो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

कर्फ्यूका कारण म‌ंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell