PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

खुकुरी प्रहार गरी युवक हत्याको अभियोगमा ३ जना पक्राउ



रासस

खुकुरी प्रहार गरी युवक हत्याको अभियोगमा ३ जना पक्राउ

दाङ: खुकुरी प्रहार गरी युवकको हत्या गरेको अभियोग ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर ५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा तुलसीपुर ६ गोलौराका अनुप बस्नेत, सुशील बस्नेत र अमिक खड्कालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले गएराती बेलटाकुरा गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर हुँदा कोहलपुरले थप उपचारका लागि काठमाडौं रिफर गरेकोमा बाटोमै उनको मृत्य भएको थियो। डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell