PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

साझाको ध्यान सफाइमा, स्यानिटाइजर छर्केरमात्र सेवा

साझाको ध्यान सफाइमा, स्यानिटाइजर छर्केरमात्र सेवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : साझा बसले कोरोना संक्रमणलाई लक्षित गर्दै सफाइ थालेको छ। विश्वभर कोरोना महामारीले त्रास फैलिरहेको अवस्थामा साझाले हरेक बसमा स्यानिटाइजर छर्केरमात्र सेवा दिन थालेको हो।

साझाका ७१ बसमा हरेक बिहान स्यानिटाइजर छर्कने प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए। 'साझाका हरेक बसमा बिहान स्यानिटाइजर छर्किन्छौं,' पाण्डेले भने, 'बेलुका हरेक बस धोएर राखिन्छ।'

साझाका कामदारले अनिवार्य मास्क लगाउने व्यवस्था गरेको उनले बताए। यात्रुलाई पनि सचेत भएर यात्रा गर्न पाण्डेले आग्रह गरे।



ट्रेन्डिङ पोस्ट

Ncell