PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

इटालीलाई कोरोनाविरुद्धको लडाइमा सघाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता



पहिलोपोस्ट

इटालीलाई कोरोनाविरुद्धको लडाइमा सघाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

चिनियाँ राष्ट्रपति सि जिङफिनले इटालीलाई कोभिड-१९ विरुद्धको लडाईमा चीनले सहयोग गर्ने बताएका छन्।

इटालीका प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताका क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन्। दुई नेताबीच सोमवार टेलिफोन वार्ता भएको थियो। वार्तामा राष्ट्रपति सिले इटालीको चिन्ता चीनको चिन्ता भएको भन्दै थप स्वास्थ्य विज्ञहरुलाई इटाली पठाउने बताएको चाइना डेलीले जनाएको छ।

अन्तर्राष्ट्रिय रुपमा फैलिएको महामारी रोक्नका लागि साझेदारीलाई अगाडि बढाउने भन्दै राष्ट्रपति सिले ‘सिल्क रोड अफ हेल्थ’ बनाउने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell