PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सौतेनी आमाको हत्या गरि फरार छोरा १८ वर्षपछि समातिए



पहिलोपोस्ट

सौतेनी आमाको हत्या गरि फरार छोरा १८ वर्षपछि समातिए

काठमाडौः सौतेनी आमाको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हत्या भएको १८ वर्षपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नम्वर ६ रानीबारी  बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई पक्राउ गरेको हो। घटना भएको समयमा थापा ४० वर्षका थिए।

२०५८ माघ १० गते थापाको बुवा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। माघ १४ गते रण बहादुर  थापाले अंश सम्बन्धी विवादकोकारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थिए। त्यसपछि थापा काठमाडौंमा लुकिछिपि बस्दै आएका थिए।

पक्राउ परेका थापालाई व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको जानकारी दिएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell