PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम



पहिलोपोस्ट

विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम

अस्ट्रियन विमानस्थलबाट उडेको एउटा सानो हवाइजहाज हावामा कावा खाइरहेको थियो। करिब ३० मिनेट पाइलटले विमानलाई यता र उता गरिरहे। उनको उडान शैलीले कुनै प्याट्रन बनाइरहेको अनुभूति हुन्थ्यो। तलबाट हेर्दा पाइलटले केही सिकिरहेका हुन् कि भन्ने पनि अनुभूति हुन्थ्यो। तर, त्यसो भइरहेको थिएन। उनले केही संदेश प्रवाह गरिरहेका थिए - आकाशमा।

उनको उडानले भनिरहेको थियो - स्टे होम। अर्थात्, घरमै बस। कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि उनले आकाशमा लेखिरहेको यस्तो सन्देशलाई फ्लाइट राडरबाट प्रस्ट रुपमा देखियो। विमानलाई ट्र्याक गर्दा लेखिएको म्यासेज देखिन्छ जसमा प्रस्ट सन्देश छ।

यो विमान जहाँबाट उडेको थियो, त्यही गएर ओर्लियो पनि। अस्ट्रिया, हंगेरी र स्लोभाकियाको आकाशमा विमान उडेको थियो - यस्तो लेख्नका लागि।

कोभिड १९ ले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा घरमा सुरक्षित बस्नुपर्नेमा सबैले जोड दिँदै आएका छन्। त्यही कुरालाई आकाशमा उडेर ती पाइलटले स्थापित गर्न खोजेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell