PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनको कहर: युरो कप एक वर्ष पछि सर्‍यो



पहिलोपोस्ट

कोरोनको कहर: युरो कप एक वर्ष पछि सर्‍यो

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको वैठकले युरोकप २०२० लाई १ वर्ष पछि सार्ने निर्णय गरेको छ। कोरोना भाइरसको बढ्दो प्रभावसँगै युरोकप एक वर्षलाई पछि सारिएको हो।

आगामी १२ जुनबाट १२ जुलाईसम्म हुने भनिएको युरोकप अर्कोवर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ। युरोकप सरेसँगै अहिले कोरोना भाइरसकै कारण स्थगित गरिएका युरोपियन लिगहरु त्यसअघि नै सम्पन्न हुनेछन्।

‘खेलाडी, समर्थक र अफिसियलहरुको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। हामीले यो सिजन सुरक्षित हिसाबले पुरागर्न केही विकल्पहरु पनि राखेका छौं।’ युइएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले भनेका छन्।

कोरोना भाइरसको बढ्दो प्रभावसँगै पछिल्लो समय प्रिमियर लिग, ला लिगा, सिरि ए लगायत युरोपका सबैजसो ठूला लिगहरु स्थगित भएका छन्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्ट अनुसार युरोपमा इटली, स्पेन, फ्रान्स, जर्मनीलगायतका देशहरु कोरोना भाइरसबाट बढि प्रभावित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell