वीरगंज : अवैध रुपमा नेपालबाट भारततर्फ लैजान लागेको अवस्थामा ठूलो परिमाणमा रहेको छोकडा पर्सा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट ना ५ ख ८४८१ नम्बरको मिनी ट्रकमा लोड गरिएको अवस्थामा बेवारिसे छाडिएको ३५ क्विन्टल छोकडा बरामद गरेको हो।
प्रहरीले २३ लाख ५० हजार रुपैयाँ बराबरको छोकडा र मिनी ट्रक बरामद गरी थप कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्।