PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एसइई परीक्षाका सबै केन्द्रमा ‘हेल्थ डेस्क’



रासस

एसइई परीक्षाका सबै केन्द्रमा ‘हेल्थ डेस्क’
फाइल फोटो।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गरेका छन्। मन्त्री पोखरेलले सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको समेत जनाए।

कोभिड-१९ को संक्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलद्वारा मंगलवार सार्वजनिक अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गरिएको छ। उनले संक्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराए।

मन्त्री पोखरेलको अपिलमा भनिएको छ, ‘विद्यार्थीको पढ्न पाउने हकअधिकार सुरक्षित हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ। विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट पहिलो प्राथमिकता हो। यसका लागि परिस्थितिको नियमित विश्लेषण गरेर आवश्यक परेमा उच्चस्तरीय समितिबाट निर्णय गरिनेछ तर हाल पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा हुनेछ।’

सो परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ। परीक्षामा कुल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन्। देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell