PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

गोकुल बाँस्कोटाले भने, 'बम हाने पनि झुटसँग झुक्दिनँ'



पहिलोपोस्ट

गोकुल बाँस्कोटाले भने, 'बम हाने पनि झुटसँग झुक्दिनँ'

काठमाडौं : पूर्व सञ्चारमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले झुटसँग नझुक्ने बताएका छन्। प्रन्टिङ प्रेस खरिदको ७० करोड कमिसन प्रकरणमा अडियो सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले आफ्नो घरमा बम विस्फोट भएपछि मंगलबार ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै बमगोला हाने पनि झुटसँग नडराउने उल्लेख गरेका छन्।

७० करोड कमिसन प्रकरणमा आफ्नो संलग्नता नभएको दावी बाँस्कोटाले गर्दै आएका छन्। यसै क्रममा प्रतिबन्धित नेकपा विप्लव समूहले उनको घरलाई लक्षित गरि केही दिनअघि बम बिस्फोट गराएको थियो। यो घटनापछि बाँस्कोटाले मंगलबार ट्वीट गरेका छन्, 'सत्यसग नलड्ने झुटसँग नझुक्ने, बम गोला जे हाने पनि मेरो जीवनको सङ्कल्प यति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell