PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

बाबुरामको प्रश्न : कम्युनिस्ट नाम गरेको नेकपाले प्रदेशको नामाकरण कसरी धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?



पहिलोपोस्ट

बाबुरामको प्रश्न : कम्युनिस्ट नाम गरेको नेकपाले प्रदेशको नामाकरण कसरी धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?

काठमाडौं : समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी प्रस्ताव गरेकोमा असन्तुष्टि जनाएका छन्। कम्युनिस्ट भएर धार्मिक पात्रको नाम सिफारिस गरेकोमा बाबुरामले असन्तुष्टि जनाएका हुन्। यद्यपी प्रदेशसभामा मंगलबार भएको गोप्य मतदानमा जानकीसहित सबै नाम अस्वीकृत भएको छ।

नाम अस्वीकृत भएपछि बाबुरामले ट्वीटरमार्फत कम्युनिस्ट नेकपाको सिद्धान्तमाथि प्रश्न उठाएका हुन्। उनले प्रदेश २ को नाम मधेस वा मिथिला भोजपुरामध्ये एक राख्नुपर्नेमा जोड दिएका छन्। 'नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए के भन्दा हुन्?एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?समग्र राष्ट्रिय/जातीय पहिचाननिम्ति मधेस ठीक हो!भाषिक पहिचाननिम्ति मिथिला-भोजपुरा सही हो', भट्टराईले भनेका छन्।

बाबुरामले अर्को ट्वीटमा संविधानले नै मधेसी पहिचानलाई स्वीकार गरिसकेको भन्दै नाम मधेस किन नहुने भनी प्रश्न समेत गरेका छन्। उनले यसमा पूर्वमाओवादी र पूर्व नयाँ शक्तिका नेताहरुको ध्यानाकर्षण समेत गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell