PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल र 'इंग्ल्याण्ड सी' टिमबीच हुने मैत्रीपू्र्ण खेल स्थगित



पहिलोपोस्ट

नेपाल र 'इंग्ल्याण्ड सी' टिमबीच हुने मैत्रीपू्र्ण खेल स्थगित

काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र इंग्ल्याण्ड सी टिम बीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको जनाएको छ। कोरोना भाइरसको बढ्दो प्रकोपसँगै मे ५ मा इंग्ल्याण्डको एल्डरसर्टमा तय गरिएको खेल स्थगित गरिएको हो।

माघ ८ मा गरिएको सम्झौता अनुसार नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्याण्डमा एक खेल खेल्ने र इंग्ल्याण्डको टिमले नेपाल आएर एक खेल खेल्ने तय भएको थियो। दोस्रो खेल नेपालमा २०२१ मा हुने तय भएको थियो।

मंगलबारमात्र एन्फाले राष्ट्रिय खेलकुद परिषदको निर्देशनपछि बी डिभिजन लिग रोक्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell