PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोनाविरुद्धको लडाईँमा सहभागी हुँदै दीपिकाले खोजिन कोहली र रोनाल्डोको साथ



पहिलोपोस्ट

कोरोनाविरुद्धको लडाईँमा सहभागी हुँदै दीपिकाले खोजिन कोहली र रोनाल्डोको साथ
PHOTO : economictimes

बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वव्यापी महामारीको रुप लिएको नोबल कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा साथ दिन भारतीय क्रिकेटर विराट कोहली र विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आह्वान गरेकी छिन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चलाएको 'सेफ ह्याण्ड' सरसफाइ सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले कोहली र रोनाल्डोलाई सचेतना अभियानमा जोडिन आग्रह गरेकी हुन्।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सञ्जालमा हात धोएको भिडियो शेयर गरेर सचेतना फैलाउने अभियानमा हातेमालो गर्न बलिउड अभिनेत्री दीपिका र प्रियंका चोपडालाई अपिल गरेका थिए।

महानिर्देशक एधानोमको अपिलपछि डब्लूएचओको 'सेफ ह्याण्ड' अर्थात हात धुने सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले ट्वीटरमा आफूले हात धोइरहेको भिडियो शेयर गरेकी छिन्। जसमा उनले कोरोना संक्रमणबाट बच्न साबुन पानीले मिचिमिची हात धुन सिकाइरहेकी छिन्। साथै यो अभियानमा सहभागी हुन कोहली, रोनाल्डोका साथै टेनिस खेलाडी रोजर फेडररलाई पनि अपिल गरेकी छिन्।

'सेफ ह्याण्ड' सरसफाइ सचेतना अभियानमा अर्की अभिनेत्री अनुष्का शर्मा पनि सहभागी भएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell