PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

भक्तपुर नगरपालिकाभित्रका विद्यालय चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म बन्द



पहिलोपोस्ट

भक्तपुर नगरपालिकाभित्रका विद्यालय चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्म बन्द

काठमाडौँः विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा चैत्र ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ।

नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले बताए।

बैठकले बालबालिकाहरूलाई घरमै सुरक्षित रूपमा बस्न तथा अभिभावकहरूलाई रोग संक्रमणको जोखिमबाट सचेत रहन आग्रह गरेको छ। बैठकले शिक्षक-कर्मचारीहरूले विभिन्न माध्यमको प्रयोगबाट आफ्ना विद्यार्थी तथा अभिभावकहरूलाई कोभिड १९ रोगबारे सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ।

यस अवधिमा दिइएको बिदा शैक्षिक सत्र २०७७ को गर्मी बिदामा समायोजन गर्न समेत बैठकले निर्देशन दिएको छ।

यसअघि विद्यालयमा कक्षा सञ्चालन तथा कोभिड १९ रोगबारे सचेतता जगाउने सम्बन्धमा नगरभित्र सञ्चालित विभिन्न विद्यालय परीक्षा समितिका पदाधिकारीहरू एवम् सरोकारवाला पक्षहरूसँग नगरपालिकाले राय लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell