PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किशोरीलाई ट्रकभित्र सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ



पहिलोपोस्ट

किशोरीलाई ट्रकभित्र सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं : एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय संजय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकि राखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेका महानगरीय प्रहरी वृत थानकोटका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

उनीहरुले चैत ४ गते बिहान २ बजे उनीहरुले किशोरीलाई ट्रकभित्र लगेर बलात्कार गरेको थिए। प्रहरीले नियन्त्रणमा लिएका तिनै जना ट्रकका सहचालक भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell