PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ



पहिलोपोस्ट

सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ

काठमाडौं : प्रहरीले १० लाख मास्कसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधवार १० लाख थान मास्कसहित सानो भर्‍याङबाट गोरखाका युवराज न्यौपानेलाई नियन्त्रणमा लिएको हो। कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ। गत आइतवारमात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइराखेको करिब ८ लाख ४०  हजार मास्क बरामद गरेको छ।

कम मूल्य पर्ने मास्क उनीहरुले अभाव सृजना गरी बढी मूल्यमा रुपैयाँ बेच्न लागेको खुलेको थियो। यसरी बरामद भएको मास्क प्रहरीले कानुनी प्रकृया पूरा गरेर बेच्नसक्ने छ। महान्यायाधीवक्ताको कार्यालयले सोमवार प्रहरी प्रधान कार्याललाई पत्र लेख्दै बरामद गरिएका मास्क बिक्री वितरण गर्न निर्देशन दिइसकेको छ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डल्लु, कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको १० लाख सर्जिकल मास्क बरामद गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell