PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कोरोनाको प्रकोप नेपालमा भित्रियो भने के गर्ने? सेनाले देखायो आफ्नो यस्तो तयारी

कोरोनाको प्रकोप नेपालमा भित्रियो भने के गर्ने? सेनाले देखायो आफ्नो यस्तो तयारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाली सेनाको मुख्यालय सुन्धारामा यतिखेर निलो पालहरु देखिन्छ। कोभिड १९ को प्रकोपबाट बच्नका लागि पूर्व तयारी स्वरुप नेपाली सेनाले ५४ वटा टेन्ट प्रशिक्षणका लागि तयार पारेको हो। केहीगरी नेपालमा कोरोनाको प्रकोप फैलिहाल्यो भने कसरी काम गर्ने भन्ने तयारीका लागि सेनाले यस्तो अभ्यास गरेको हो।

चीनको वुहानबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरमा आइसोलेसनमा राख्न जुटेका नेपाली सेनाका चिकित्सकहरुले यहाँ डेमो गरेका हुन्। आज मिडियालाई उनीहरुले कोरोनाको प्रकोप फैलियो भने कसरी त्यस्तो अवस्थामा काम गरिन्छ भन्ने ब्रिफिङ गरे। उनीहरुको अभ्यासमा ग्लोब्स लगाउनेदेखि उपचार गर्ने तरिकासमेत देखाइएको थियो।

साथै, आइसोलेसनमा राखिएका व्यक्तिहरुलाई कसरी निगरानी र उपचार गरिन्छ भन्ने पनि उनीहरुले प्रदर्शनीबाट देखाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell