PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

सरकारले भन्यो, 'सार्वजनिक सवारीमा भिडभाडमा यात्रा नगर्नु र अत्यावश्यक काम बाहेक घरबाट ननिस्किनु'



पहिलोपोस्ट

सरकारले भन्यो, 'सार्वजनिक सवारीमा भिडभाडमा यात्रा नगर्नु र अत्यावश्यक काम बाहेक घरबाट ननिस्किनु'

काठमाडौः सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागयतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ।

सरकारले गरेको निर्णयले सार्वजनिक सवारीमासमेत असर पर्ने भएको छ। सार्वजनिक सवारीमा यात्रुको भिडभाड बढी हुने भएकाले भिडभाडमा यात्रा नगर्नसमेत आग्रह गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको हो।

साथै सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी सार्वजनिक सावरीमा यात्रा नगर्न अनुरोध गरेको छ। सार्वजनिक सवारीले भिडभाड बनाएर यात्रा गराएमा यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने भएको छ।

त्यस्तै अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने पनि अनुरोध गरेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell