PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जना पक्राउ



पहिलोपोस्ट

सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जना पक्राउ

काठमाडौः प्रहरीले मास्क सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलवार दुई युवक सहित एक युवतीलाई नियन्त्रण लिएको छ।

पक्राउ पर्नेमा  पर्सा बहुदामाई नगरपालिका वडा नम्वर ४ घर भएका ३५ वर्षीय रुपेश रौनिया, नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्वर ५ घर भएका पुरुषोत्तम अधिकारी र अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्वर ३० वर्षीय मिना घिमिरे रहेका छन्।

प्रहरीले उनीहरुको पसलबाट ११ हजार ४ सय थान मास्क र १५ सय बोतल सेनिटाइजर बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell