PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

भारततर्फ मास्कको तस्करी गर्न लाग्दा दुई जना पक्राउ



राधेश्याम पटेल

भारततर्फ मास्कको तस्करी गर्न लाग्दा दुई जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले नेपालबाट भारततर्फ मास्कको तस्करी गर्न लागिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा छिपरमाई गाउँपालिका-५ का ३८ वर्षीय सुनिल जैसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्।

कोरोनाको प्रकोप विश्वभर फैलिरहेको अवस्थामा काठमाडौंबाट पर्साको भिस्वा बजार हुँदै भारत लैजादै गर्दा ईलाका प्रहरी पोखरीयाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई बरामद गरिएको २० हजार थान मास्कसहित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell