PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

त्रिभुवन विमानस्थलले हवाईजहाजको ‘फ्युल’मा उठाएको पाइयो अप्रत्यक्ष कर



पहिलोपोस्ट

त्रिभुवन विमानस्थलले हवाईजहाजको ‘फ्युल’मा उठाएको पाइयो अप्रत्यक्ष कर

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाईजहाजमा भर्ने ‘फ्युल’मा अप्रत्यक्ष कर उठाएको पाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधवार गरेको अनुगमनका क्रममा विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको हो।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर र तेलमा उठाउन नमिल्ने अप्रत्यक्ष कर समेत उठाएको पाइएको बताए। त्यस्तै अनुगमनका क्रममा विमानमा तेल भर्ने कर्मचारीहरु लामो समयसम्म खटिनुपर्ने लगायतका समस्या देखिएको समेत उनले बताए।

उनले भने, ‘कर्मचारीको समस्या विहान ५ बजेदखि लिएर अर्कोृ विहान ३ बजेसम्म खट्नु पर्ने, त्यही अनुसारको फ्युलहरु भर्नु पर्ने हुन्छ। त्यसमा पनि अलिकति साधन स्रोतको कमी देखियो। त्यसैगरी एयरपोर्ट निकायले प्रतिलिटर ३५ पैसा प्लेनहरुमा भर्ने फ्युलको अप्रत्यक्ष ट्याक्स पनि उठाएको भन्ने बुझियो। त्यस विषयमा पनि हामी विस्तृत अध्ययन नै गर्दैछौं र अहिलेको स्थितिमा अलिकति उडानहरु पनि कम भएको हुनाले खपत पनि अलि केही कम देखिएको छ।’

उनले जहाजमा तेल भर्दा प्रयोग हुने साधन स्रोतको कमी देखिएको तथा ‘फुलफ्लेज’मा सञ्चालन हुँदा विमानस्थलको स्टोरेज क्षमता कमजोर पाइएको बताए। समितिले नेपाल आयल निगमको एयरपोर्टमा रहेको डिपोको समेत अनुगमन गरेको छ। त्यस क्रममा देखिएका कमी कमजोरीहरुको अध्ययन गर्नका लागि समितिले निगमसँग डकुमेन्टहरु माग गरेको र त्यो आइसकेपछि अध्ययन गरी सरकार र निगमलाई निर्देशन दिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell