PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना प्रभावः प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम नगर्ने



पहिलोपोस्ट

कोरोना प्रभावः प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम नगर्ने

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको कोभिड-१९ का कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।

गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, 'विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’

बुधबार मात्रै नेकपाको सचिवालय बैठक बसेको थियो।

कोरोना भाइरसको संक्रमण त्रासले आजबाट सुरु हुने तयारी भएको एसईई परीक्षा स्थगित भएको छ। सरकारले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधबार रोक लगाएको थियो।

त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell