PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

भारतमा कोरोनाको आशंकामा अस्पताल भर्ना भएका व्यक्तिले सातौं तलाबाट हामफाल्दा ज्यान गयो



पहिलोपोस्ट

भारतमा कोरोनाको आशंकामा अस्पताल भर्ना भएका व्यक्तिले सातौं तलाबाट हामफाल्दा ज्यान गयो
PHOTO : GETTY IMAGES

काठमाडौं: भारतमा कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा अस्पताल भर्ना गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन्।

अष्ट्रेलियाको सिड्नीबाट नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ­ओर्लिएका पन्जाबका २५ वर्षीय तनवीर सिंहले अस्पतालको सातौं तलाबाट हाम्फाल्दा घटनास्थलमै उनको मृत्यु भएको दक्षिण-पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यले जानकारी दिए।

हिन्दुस्तान टाइम्सका अनुसार विमानस्थलमा ­जाँचका क्रममा टाउको दुखेको र अस्वस्थ रहेको पाइएपछि तनवीरलाई बुधबार राती सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनको नमुना संकलन गरेर कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गराउन पठाइसकेपछि उनले हाम फालेका थिए। उनको रिपोर्ट भने आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell