PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश



पहिलोपोस्ट

टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश

काठमाडौः नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ। अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन नउठेसम्म कोरोना भाइरस बारे जानकारी पाउनु हुनेछ।

फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ। सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै बुधवार अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन, २५ जनाभन्दाबढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ।

सरकारको निर्णय अनुसार नै आजबाट हुने भनिएको एसईई परिक्षा समेत स्थगित गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell