PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

आजदेखि देशभरका सिनेमा हलहरु बन्द



पहिलोपोस्ट

आजदेखि देशभरका सिनेमा हलहरु बन्द

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नको लागि सरकारले बुधवार सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै आजदेखि देशभरका हलहरु बन्द भएका छन्।

क्युएफएक्सले आफ्नो वेबसाइटमा ‘जनताको सुरक्षा नै पहिलो प्राथमिकता’ रहेको भन्दै सिनेमा हलहरु बैशाख १८ गतेसम्मलाई बन्द गरिएको उल्लेख गरेको छ।

कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले सिनेमा हलसँगै साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुलबन्द गर्ने निर्णय गरेको थियो। 

त्यसो त कोरोनाको त्रास फैलिएसँगै सिनेमा हलहरु ठप्प भएका थिए। यसअघि चैतमा प्रदर्शनमा आउने भनिएका ‘नीरफूल’, ‘म यस्तो गीत गाँउछु २’ लगायतका फिल्महरुको प्रदर्शन स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell