PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

भूमि व्यवस्थामन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता



पहिलोपोस्ट

भूमि व्यवस्थामन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताइन्।

भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लामो समयदेखि थाती रहेको र दुई देशले छलफलमार्फत ती विषयको समाधान गर्नुपर्ने बताइन्।

‘हिजोदेखि थाती रहेका केही विषयहरु छन्, दुई देशबीचमा छलफल गरेर आपसमा टुंग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भनिन्, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडि बढ्न सकोस्।’

मन्त्री अर्यालले यसअघिका बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पूरा हुने अपेक्षा व्यक्त गरिन्।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्न सक्ने बताए। यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजान कोशिस गरिने बताए।

‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन। रहेका विषयहरु आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell