PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोना रोकथामका लागि काठमाडौं महानगरले स्थापना गर्‍यो १० करोडको कोष, निःशुल्क मास्क र स्यानिटाइजर बाँड्ने



पहिलोपोस्ट

कोरोना रोकथामका लागि काठमाडौं महानगरले स्थापना गर्‍यो १० करोडको कोष, निःशुल्क मास्क र स्यानिटाइजर बाँड्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ।

महानगरपालिकाले बिहीवार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताए। महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्थ डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा स्यानिटाइजर वितरण गर्ने उनले बताए।

महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मश्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न उनले आग्रह समेत गरे। त्यस्तै महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत पूजा बाहेक अन्य कुनै भिडभाड नगर्न पनि उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell