PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

निर्भया सामूहिक बलात्कार प्रकरण : दोषी चारै जनालाई आठ वर्षपछि मृत्युदण्ड



पहिलोपोस्ट

निर्भया सामूहिक बलात्कार प्रकरण : दोषी चारै जनालाई आठ वर्षपछि मृत्युदण्ड

काठमाडौं : भारतको चर्चित निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणमा संलग्न चारै जनालाई आज विहान मृत्युदण्ड दिइएको छ।

घटनामा संलग्न ३२ वर्षीय मुकेश सिंह, २५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनय शर्मा र ३१ वर्षीय अशोककुमार सिंहलाई दिल्लीको तिहार जेलमा विहान ५ बजेर ३० मिनेटमा फाँसीमा चढाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। घटनामा संलग्न ६ मध्ये एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन भने एक जना नाबालक भएकाले सुधार गृहमा राखिएको छ।

सन् २०१२ को ६ डिसेम्बरमा दिल्लीको मुनीरकामा ६ जनाले गुडिरहको बसभित्रै प्यारामडिकल छात्रा निर्भयाको सामूहिक बलात्कार गरेका थिए। उनीहरुले पीडितका केटा साथीमाथि पनि कुटपीट गरेर दुबैलाई गुडिरहेको बसबाट बाहिर खसालेका थिए। निर्भयाको उपचारका क्रममा सिंगापुरमा २९ डिसेम्बरमा मृत्यु भएको थियो।

७ वर्ष लामो कानुनी लडाईंपछि दोषीलाई मृत्युदण्ड दिइएपछि निर्भयाकी आमा आशा देवीले मार्च २० लाई निर्भया दिवसका रुपमा मनाउने बताएकी छिन्। अब अरु चेलीबेटीको न्यायका लागि लड्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell