काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
चीनको तिब्बतलाई केन्द्र बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
तिब्बतमा विहान ७ बजेर १८ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।