PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

कोरोना प्रकोप : मृतक संख्यामा इटालीले चीनलाई उछिन्यो, उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अमेरिकाको अनुमति



पहिलोपोस्ट

कोरोना प्रकोप : मृतक संख्यामा इटालीले चीनलाई उछिन्यो, उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अमेरिकाको अनुमति

काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको त्यहाँको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। यससँगै इटालीले मृतक संख्यामा चीनलाई उछिनेको छ। कोरोना पहिलोपटक चीनको वुहानमा देखिएको थियो। चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

३ महिनाभित्र विश्वका अधिकांश राष्ट्रमा पुगेको कोरोनाबाट मर्नेको संख्या १० हजार नाघेको छ। कोरोनाको प्रकोप चीनबाट युरोपतिर सरेको छ। स्पेनमा ८ सय ३१, फ्रान्समा ३ सय ७२, बेलायतमा १ सय ४४ जनाको मृत्यु भएको छ। अमेरिकामा २ सय १८ जनाको मृत्यु भएको छ।

त्यसैगरी इरानमा १ हजार २ सय ८४, दक्षिण कोरियामा ९४ जनाको मृत्यु भएको छ।

मलेरियाको औषधि प्रयोग गर्न अनुमति

त्यसैगरी कोरोना भाइरस संक्रमितको उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अमेरिकाले अनुमति दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरी कोरोना संक्रमितको उपचारमा सकारात्मक परिणाम देखिएकाले मलेरियाको औषधि प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्। हाइड्रोक्सी क्लोरोक्वाइन नामक मलेरिया र घुडाको औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएकाले यो उपयोगी भएको ट्रम्पको भनाई छ। ट्रम्पले अमेरिकी नागरिकलाई विदेश भ्रमण नगर्न र विदेश भए स्वदेश फर्किन आग्रह समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell