PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनाबाट मुटुरोगी उच्च जोखिममा, सावधानी अपनाउन भगवान कोइरालाका ४ टिप्स



पहिलोपोस्ट

कोरोनाबाट मुटुरोगी उच्च जोखिममा, सावधानी अपनाउन भगवान कोइरालाका ४ टिप्स
PHOTO : FACEBOOK

काठमाडौं : वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न मुटु रोगीका लागि टिप्स दिएका छन्।

नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका कोइरालाले मुटुरोगी कोरोनाको उच्च जोखिममा रहेको बताउँदै सावधानी अपनाउन अपिल गरेका हुन्।

उनले मुटुरोगीलाई भिडभाडमा नजान, ज्वरोखोकी लागेका व्यक्तिबाट टाढै बस्न, हात धुन र उच्च रक्तचाप नियन्त्रण गर्न सुझाव समेत दिएका छन्।

नेचर डटकममा प्रकाशित 'मुटुरोगी जोखिममा' भन्ने समाचार ट्वीटरमा शेयर गर्दै कोइरालाले लेखेका छन्, 'मुटु रोगीहरूलाई कोरोना लागेमा मृत्युदर उच्चतम हुने हुनाले थप सावधानी अपनाउ। भिड़मा नजाने, खोकी ज्वरोद्वारा संक्रमित व्यक्तिको नजिक नपर्ने, अपरिचित समान वा व्यक्ति छोएपछि हात धुने गरौं। सुगर प्रेसर नियन्त्रण गरौं।'

समाचारअनुसार कोरोनाले निमोनियाका साथै, श्वासप्रश्वासमा समस्या निम्त्याउँछ। श्वासप्रश्वासको समस्या आउँदा मुटुरोगीलाई समस्या हुने र ज्यानै जानसक्ने खतरा बढी हुन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell